


काठमाडौं, २६ चैत। प्रहरीले काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनको क्रममा भएको तोडफोड र आगजनीको आरोपमा थप ६ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले थप ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरुमा सर्लाहीका २२ वर्षीय अमित साह, सुनसरीका १९ वर्षीय सुमन कार्की, बर्दियाका ३४ वर्षीय हेमराज थारु, धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेकी ३० वर्षीया अनिता कुँवर (एनी) र सिन्धुपाल्चोकका ३० वर्षीय कुमार तामाङ रहेको प्रहरीले जनाएको छ ।

परिसरका प्रवक्ता तथा एसपी अपिल राज बोहराका अनुसार आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

