


काठमाडौ, २७ चैत। प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि ज्यादती गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ
पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेत सन्तोष परियार लगायतका नेताहरु आयोगको कार्यालयमा पुगेर लामिछानेको मानव अधिकार रक्षाका लागि ध्यानाकर्षण गराए ।

सहकारी ठगी र संगठित अपराधको कसुरमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै पुर्पक्षमा पठाउन आदेश गरेको थियो। सोही राति लामिछानेलाई प्रहरीले काठमाडौंस्थित निवासबाट पक्राउ गरेको थियो ।
लामिछानेलाई पक्राउ पुर्जी विना नियन्त्रणमा लिएको र प्रहरीले ज्यादती गरेको भन्दै रास्वपाले विरोध जनाउँदै आएको छ।

