
काभ्रे,२८चैत। काभ्रेमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। काठमाडौंबाट रामेछाप जाँदै गरेको प्रदेश ३-०१-००६ ख १३३९ नम्बरको यात्रुबाहक बस काभ्रेको रोशी गाउँपालिका-९ दाउन्ने मोडमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक कृष्ण गिरीका अनुसार बस दुर्घटनामा ११ जना घाइते भएका छन्। जसमध्ये ४ जनाको मेथिनकोट अस्पताल र ७ जनाको प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको छ ।
Advertisement

Advertisement
Advertisement

यात्रुबाहक बस खाँदबारीबाट काठमाडौंतर्फ जाँदै गरेको मे १ ख ३३९४ नम्बरको हाइस गाडीलाई ठक्कर दिएर सडकबाट २० मिटर तल खसेको थियो। प्रहरीका अनुसार बसमा १५ जना सवार रहेका थिए। बस चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

