
काठमाडौं,२८ चैत। नेपाल राष्ट्र बैंकले गत फागुनमा औसत मूल्य वृद्धिदर ३.७५ प्रतिशत कायम भएको जनाएको छ। गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धिदर ४.८२ प्रतिशत रहेको थियो।
उक्त अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ३.३४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ३.९७ प्रतिशत छ। गत वर्षको सोही अवधिमा यी समूहको मूल्यवृद्धिदर क्रमशः ५.९५ प्रतिशत र ४.०७ प्रतिशत रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले औल्याएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

राष्ट्र बैंकका अनुसार गत फागुनमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि १३.७४, दाल तथा गेडागुडीको ७.८०, फलफूलको ६.८२ र गैर–मदिराजन्य पेय पदार्थको ५.१५ प्रतिशतले बढेको छ।
तर, मरमसला उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.१७, तरकारीको १.२४ र माछा तथा मासुको ०.७४ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.१४, कपडाजन्य तथा जुत्ताचप्पलको ७.०१, मदिराजन्य पेय पदार्थको ६.०७, फर्निसिङ तथा घरायसी उपकरणको ५.५९ र यातायातको ५.०७ प्रतिशतले बढेको बताइएको छ ।

