


काठमाडौं,३१चैत। नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले प्रहरी कर्मचारीहरुलाई सवारी चालक (हेभी) उन्नत तालिम प्रदान गरेको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित सवारी चालक उन्नत तालिम २९औं समूह अन्तर्गत ३७ जनालाई तालिम प्रदान गरिएको हो। महाशाखामा आइतबार आयोजित कार्यक्रममा प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुप श्रेष्ठले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरे ।

तालिमले सवारी साधनको मर्मत सम्भार, सवारी चलाउँदा अपनाउने सुरक्षा विधि, ट्राफिक नियम सम्बन्धी ज्ञान प्रदान गरेको चर्चा गर्दै उनले तालिमबाट प्राप्त सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई.अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार २५ जना र प्रहरी जवान ८ जनाको सहभागिता रहेकोे जानकारी दिए।

