
सर्लाही,४ बैशाख। प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।
सिन्धुलीको मरिनखोलाबाट बा२०च १७८२ नम्बरको गाडीमा लालबन्दीतिर ल्याउँदै गरेको अवस्थगामा २ सय ४४ किलो गाँजा बरामद भएको सर्लाही प्रहरीले जनाएको छ । साथै, गाडी चालक लालबन्दी नगरपालिका–१ नवलपुरका २५ वर्षीय सुशील चौधरीलाई पक्राउ गरिएको छ।
Advertisement

Advertisement
Advertisement

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीका र प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीले लालबन्दी नगरपालिका–१३ पत्थरकोट चोकबाट गाँजा बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकका अनुसार बरामद गाँजा बोरामा लुकाएर रातो प्लास्टिकमा ४५ पोका (२४४ किलो) प्याक गरिएका अवस्थामा थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

