


वीरगंज,४ बैशाख। सशस्त्र प्रहरी बल, नेपालले ठूलो परिमाण्मा लागुऔषध चरेस बरामद गरेको छ । पर्सामा खानेतेलको ग्यालेनमा चरेस भरेर लुकाएर राखिएको अवस्थामा सशस्त्र प्रहरीले चरेस बरामद गरेको हो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्रबहादुर सिंहका अनुसार जिल्लाको पोखरिया नगरपालिका-२ मननपुरस्थित बाँसको झ्याँगमा लुकाएर राखिएको अवस्थामा २४ किलो ५०० ग्राम चरेस बरामद भएको हो।

सूचनाका आधारमा बरामद ग्यालेन काटेर हेर्दा त्यसभित्रबाट पोलिथिन प्लास्टिकमा राखिएको चरेस बरामद भएको उनले बताए । बरामद चरेस इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको र घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

