
काठमाडौं,७ वैशाख। जनमत पार्टीले शिक्षकका न्यायोचित मागहरु सम्बोधन गर्न सरकारसँग माग गरेको छ।
पार्टीले विज्ञप्ति जारी गर्दै तत्काल शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरेको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘नेपाल सरकारको शिक्षा नीति, ऐन, कानुन र शिक्षा क्षेत्रमा देखा परेका विकृति र अन्यौल अन्त्य गर्नुपर्ने आवश्यकता देखिन्छन्,’पार्टीका प्रवक्ता डा. शरद सिंह यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनरत शिक्षकहरुसँग नेपाल सरकारले तत्काल वार्ता गरी न्यायोचित मागहरु सम्बोधन गर्दै शिक्षा ऐन समेत जारी गर्न जनमत पार्टी नेपाल सरकारसँग माग गर्दछ।’

