
भैरहवा,८बैशाख। रुपन्देहीको दानव नदीमा नुहाउन गएका एकै गाउँका तीन जना बालक डुबेर बेपत्ता भएका छन्।
लुम्बिनी सांस्कृतिक नगरपालिका-२ अर्दौलीका १२ वर्षीय मुन्नु हरिजन, १३ वर्षीय उमेश यादव र १४ वर्षीय राजन यादव नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले बताए।
Advertisement

Advertisement
Advertisement

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुको सहयोगमा बेपत्ता बालकहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

