


भैरहवा, ९ वैशाख। रुपन्देहीको दानव नदीमा पौडी खेल्न क्रममा डुबेर बेपत्ता भएका एकै गाउँका तीन जना बालकको शव फेला परेको छ।
सोमबार रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-२ अर्दौलीका १२ वर्षीय मुन्नु हरिजन, १३ वर्षीय उमेश यादव र १४ वर्षीय राजन यादव नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।

बेपत्ता पश्चात नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सहयोगमा खोजतलास गर्दा तीन जना बालक शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपनदेहीका डीएसपी सुरज कार्कीैले जनाए।
खोजतलासका लागि बाँकेको शम्शेरगञ्जबाट सशस्त्र प्रहरी सहायक निरीक्षक महेन्द्र सिंह ठकुरीको कमाण्डमा १३ जनाको गोताखोरसहितको टोली परिचालन गरिएको थियो।

