Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    अर्थ

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३८ गते0
    विशेष

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १८:३१ गते0
    फोकस लुम्बिनी

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १७:५२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » पत्रकारलाई दुव्र्यहार गर्ने समूहमाथि कारवाहीको माग
    समाचार

    पत्रकारलाई दुव्र्यहार गर्ने समूहमाथि कारवाहीको माग

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ बैशाख ९, मंगलवार १५:०३ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ९ वैशाख। रुपन्देहीको मर्चवारमा समाचार संकलनका लागि जाने क्रममा पत्रकारलाई दुव्र्यहार गर्नेहरुलाई कारवाहीको माग गरिएको छ। मंगलबार लुम्बिनी प्रेस क्लब र नेपाल पत्रकार महासंघ रुपन्देहीले छुट्टाछुट्टै रुपमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै घटनामा संग्लनहरुलाई पक्राउ गरेर कारवाहीको माग गरेका हुन्।

    सोमबार संघीय सरकारका कृषिमन्त्री रामनाथ अधिकारी सहभागी हुने कार्यक्रमको समाचार संकलनका लागि मर्चवार जाने क्रममा भइरहेको तस्करीको भीडियो छाँयाकन गर्दा दीपेश यादव नेतृत्वको तस्करको समूहले घेरा हालेर धम्क्याउँदै क्यामेरा खोस्ने, झोला खानतलासी गर्ने, सवारी साधनको साँचो कब्जामा लिएर दुव्र्यहार गरेका थिए। पत्रकार विश्वकर्मा एपी वान टेलिभिजनमा कार्यरत छन् ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै यस घटनाले प्रेस स्वतन्त्रता मात्र नभइ मानवअधिकार समेत कुण्ठित भएको आफूहरुको ठम्याई रहेको बताए।

    नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले पत्रकारले खिचेका भिडियो डिलिट गर्ने कार्य पत्रकारिता पेशाप्रतिको अपमान भएको भन्दै सुरक्षा निकाय गम्भिर बन्नुपर्ने बताए ।

    लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले घटनामा संलग्न तस्करहरुको समूहलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउन माग गरे। घटनामा संलग्न पक्राउ गरिएका दीपेश यादवलाई भगाउन सहयोग गर्ने प्रहरी अधिकारीहरुमाथि पनि छानबीन गरी कारवाही गर्नुपर्ने उनको भनाई छ।

    लुम्बिनी प्रेस क्लबले घटनामा संलग्न व्यक्तिहरुलाई २४ घण्टामा पक्राउ/कारवाही नभए चरणबद्ध आन्दोलनमा जाने अल्टिमेटम दिएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी घिमिरेले पत्रकारको सुरक्षालाई गम्भिरतापूर्वक लिएको बताए। उनले घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान गर्ने भन्दै पत्रकारले खिचेका भिडियो हटाउन लगाउने कार्यमा संलग्न व्यक्ति उपर कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले घटनामा संग्लन व्यक्तिहरुको खोजी भइरहेको बताए।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    पत्रकार दुव्र्यहार पाल पत्रकार महासंघ रुपन्देही मर्चवार लुम्बिनी प्रेस क्लब
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.