
काठमाडौं,९ बैशाख। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षकहरुसँग पटक पटक धोका भएकोले आन्दोलनलाई जारी राख्न अपील गरेका छन्।
‘शिक्षक साथीहरुलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन अपील गर्न चाहन्छु’,मंगलबार आयोजित एक कार्यक्रममा उनले भने,‘तपाईँहरुले पटक-पटक आन्दोलन गर्नुभएको छ। पटक-पटक धोका भएको छ। यसपटक त्यस्तो हुन नदिन हामी सबैको जिम्मेवारी छ।’
Advertisement

Advertisement
Advertisement

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गर्नुको सट्टा अपमान गरेको बताए। उनले प्रधानमन्त्री ओली शिक्षकहरुको मागलाई बेवास्ता गरेको आरोप लगाए।
‘यो सरकारले एक दिन पनि सरकारमा बस्ने हैसियत गुमाइसकेको छ। दुई हप्तादेखि शिक्षकहरु आन्दोलरत छन्। तर, सरकारको नेतृत्वको गरेको प्रधानमन्त्रीले उनीहरुको मागप्रति गम्भीर हुनुको साटो उल्टै अपमान गर्ने, गाली गर्ने, तिनलाई हप्काउने गरेका छन्’,उनले भने।

