
काठमाडौं,१०बैशाख। नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने बताएको छ। आफूहरुको आन्दोलन निर्णायक अवस्थामा पुग्न लागेको भन्दै अन्य शिक्षकहरुलाई पनि काठमाडौंमा आउन महासंघले आह्वान समेत गरेको छ ।
आफूहरुसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै शिक्षकहरूले आन्दोलनलाई जारी राखेका छन् ।
Advertisement

Advertisement
Advertisement

उनीहरूले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै बिजुलीबजार–बानेश्वर क्षेत्रमा निरन्तर प्रदर्शन गर्दै आएका छन्। महासंघले अनुशाासित,मर्यादित र संयमित भए आन्दोलनमा सहभागी हुन शिक्षकहरुलाई आग्रह गरेको छ ।
शिक्षकहरुको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि सार्ने निर्णय गरिसकेको छ।

