


भैरहवा,११ बैशाख। समाचार संकलनको क्रममा पत्रकारलाई दुव्र्यहार गरी प्रहरी नियन्त्रणबाट फरार भएका दीपेश यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीका अनुसार फरार यादवलाई बिहीवार कक्रहवाबाट पक्राउ गरिएको हो।

गत बैशाख ८ गते मर्चवारमा समाचार संकलनका लगि जाने क्रममा तस्करी भइरहेको भीडियो खिच्ने क्रममा पत्रकार राधेश्याम विश्वकर्मामाथि दीपेश यादव नेतृत्वको तस्करहरुको समूहले संचारउपकरण खोस्ने, भिडियो मेटाउन लगाउनेका साथै दुव्र्यहार गरेका थिए। विश्वकर्मा एपी वान टेलिभिजनमा कार्यरत छन् ।
आरोपीलाई पक्राउ गरी घटनामा संग्लनहरु उपर कारवाहीको माग गर्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका थिए। जसअनुसार बिहीवार पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा धर्ना दिएका थिए।

