Close Menu
    What's Hot

    मर्चवारमा पालिकाको निर्देशनः मिठाईमा मूल्यदेखि उपभोग्य मितिसम्मको विवरण राख्नू

    २०८३ कार्तिक १८, मंगलवार १३:४४ गते

    लुम्बिनीमा आँखा स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै उपचारको पहुँच विस्तार गरिने

    २०८३ कार्तिक १८, मंगलवार १३:०७ गते

    सीमा सुरक्षा र अपराध नियन्त्रणमा सहकार्य बढाउने सहमती

    २०८३ कार्तिक १८, मंगलवार १२:४७ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    मर्चवारमा पालिकाको निर्देशनः मिठाईमा मूल्यदेखि उपभोग्य मितिसम्मको विवरण राख्नू

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार १३:४४ गते0
    फोकस लुम्बिनी

    लुम्बिनीमा आँखा स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै उपचारको पहुँच विस्तार गरिने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार १३:०७ गते0
    विशेष

    सीमा सुरक्षा र अपराध नियन्त्रणमा सहकार्य बढाउने सहमती

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार १२:४७ गते0
    विशेष

    कोटहीमाईमा महिला हत्या प्रकरणमा एउटै वडाका चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार ११:५९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » जथाभावी फोहोर फाल्ने ६ व्यवसायी फर्मलाई सिद्धार्थनगरको ‘डण्डा’
    अर्थ

    जथाभावी फोहोर फाल्ने ६ व्यवसायी फर्मलाई सिद्धार्थनगरको ‘डण्डा’

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ बैशाख १२, शुक्रबार १७:५३ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १२ बैशाख। सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्नेलाई सिद्धार्थनगर नगरपालिकाले कारवाहीको ‘डण्डा’ चलाएको छ। विकासै विकास खोज्ने नागरिकले आफ्नो दायित्व बिर्सिदै सार्वजनिक स्थानमा फोहोर फाल्दै आएपछि पालिकाले उनीहरुमाथी कारवाहीको ‘डण्डा’ चलाएको हो ।

    सार्वजनिक स्थानमा फोहोर नफाल्नका लागि पटक पटक सूचना जारी गर्दै सचेत गराउँदा समेत अटेर गरेपछि स्थानीय ६ व्यवसायीक फर्मलाई जरिवाना बुझाउनका लागि पत्राचार गरिएको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (क) को कसुर ठहर गरी सोही ऐनको दफा ३९ (१) अनुसार जरिवाना कारवाही गरिएको र उक्त जरिवाना ३ दिन भित्र नबुझाए थप कारवाही प्रक्रिया अगाडी बढाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए।

    उनका अनुसार जथाभावी फोहोर फाल्ने वडा नं.५ स्थित गणेश लक्ष्मी कलेक्सन, हरीओम फुल घर, के.जी फ्रुट एण्ड मेटिरेवल सप्लायर्स, आर.जे फ्रुट एण्ड सब्जी सप्लायर्स, वडा नं.६ को नव दुर्गा प्लाष्ट्रिक सप्लायर्स र वडा नं.१२ को बेबी लेन्डलाई पहिलो पटकका लागि पाँच हजार जरिवाना तोकेको हो।

    पालिकाले नगर सफा राख्नका लागि दैनिक सवारीसाधन मार्फत संकलन गर्दछ। नियमित सरसफाई र घर घरमा पुगेर फोहोरमैला उठाउदाँ समेत केही सर्वसाधरणले अटेर गरी सार्वजनिक स्थानमा फोहोर फाल्न नछाडेपछि पालिका कारवाही प्रक्रियामा गएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले बताए।

    ‘नगर स्वच्छ, सफा, हराभरा र सुन्दर राख्ने दायित्व हामी सबैको हो। हामीले सरसफाई गरिरहने र जथाभावी फोहोर पनि फाल्दै रहने हो भने पालिकाको उदेश्य पुरा हुन सक्दैन’,उनले भने,‘जसकारण अब हामी कारवाही प्रक्रियातर्फ लम्किएका हौं।’

    जथाभावी फोहोर फाल्नेहरु माथी निगरानी बढाइएको र सार्वजनिक स्थानमा फोहोर फालेको पाइएमा कारवाही गरिने नगरपालिकाको कार्यालयले जनाएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    इश्तियाक अहमद खाँ फोहोर फोहोरमैला फोहोरमैला व्यवस्थापन सिद्धार्थनगर नगरपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    मर्चवारमा पालिकाको निर्देशनः मिठाईमा मूल्यदेखि उपभोग्य मितिसम्मको विवरण राख्नू

    २०८३ कार्तिक १८, मंगलवार १३:४४ गते

    लुम्बिनीमा आँखा स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै उपचारको पहुँच विस्तार गरिने

    २०८३ कार्तिक १८, मंगलवार १३:०७ गते

    सीमा सुरक्षा र अपराध नियन्त्रणमा सहकार्य बढाउने सहमती

    २०८३ कार्तिक १८, मंगलवार १२:४७ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.