
भैरहवा,१२ बैशाख। राज्यव्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेको सङ्घीय निजामती सेवा विधेयकमा आफ्ना माग मुद्दाको सुनुवाइ नभएको भन्दै कर्मचारीहरु आन्दोलित भएको छन ।
निजामती सेवामा राजपत्र अनङ्कित हकहित संरक्षण अभियानको आह्वानमा शुक्रवार देशभरका सरकारी कर्मचारीहरुले ऐनमा समावेश गर्नुपर्ने आफ्ना माग लेखिएका पम्प्लेट छातिमा टाँसेर कामकाज गरेका छन ।
Advertisement

Advertisement
Advertisement

विशेषगरी राजपत्र अनङ्कित कर्मचारीहरुको वृत्तीविकासका अवसरवाट वञ्चित गराउन लागिएको भन्दै माग सम्वोधन नभए कलम बन्द गर्ने सम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन ।

५ वर्ष सेवा अवधि पुगेका कर्मचारीहरुलाइ एक श्रेणी र दश वर्ष सेवा अवधि पुरा भएका कर्मचारीहरुलाइ एक श्रेणी बढुवा गरी तह मिलान गर्नुपर्ने उनीहरुको माग छ। त्यस्तै अन्तरप्रदेश सरुवाको व्यवस्था समायोजन संसोधन लगायतका मागहरु राखी कर्मचारीहरु आन्दोलित भएका छन।

