Close Menu
    What's Hot

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १५:०८ गते0
    विशेष

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:२५ गते0
    खेलकुद

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:०६ गते0
    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » लुम्बिनीका सीएम भन्छन्–विकासका उपलब्धिहरु संघीयताको परिणाम हुन्
    अर्थ

    लुम्बिनीका सीएम भन्छन्–विकासका उपलब्धिहरु संघीयताको परिणाम हुन्

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ बैशाख १२, शुक्रबार १८:२२ गते
    advertisement
    advertisement
    advertisement

    पाल्पा, १२ वैशाख। लुम्बिनी प्रदेशका मुख्यमन्त्री (सीएम) चेतनारायण आचार्यले संघीयता लागु भएपछि विकासको गतिले फड्को मारेको र यसलाई उपलब्धिको रुपमा लिनुपर्ने बताएका छन्। रामपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था पाल्पाको आठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले संघीयता लागू भएपछि प्राप्त भएका उपलब्धिहरुलाई नजरअन्दाज गर्न नहुने बताए।

    ‘संघीयता लागू भएपछि के भयो?उपलब्धिहरुको चर्चा गर्न जरुरी छ। सडक कालोपत्रे गाउँ छिरेको २०७४ सालपछि हो। प्रदेश स्थापना भएदेखिका उपलब्धिलाई हेरौं’,उनले भने,‘२०७४ सालअघि के थियो?त्यसपछि के भयो? तुलना गरौं। पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतमा भएका उपलब्धिलाई हेर्न जरुरी छ।’

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    स्वास्थ्यतर्फ लुम्बिनीले भौतिक पूर्वाधार विकासमा प्रगति गरेको र अब सेवाको प्रभावकारिताका लागि ध्यान दिने उनले बताए। ‘अस्पतालहरु बनेका छन्। अब सेवालाई बढाउन जरुरी छ’,उनले भने,‘सेवा प्रवाहलाई चुस्त बनाउने योजना प्रदेश सरकारसँग छ।’ महत्वपूर्ण र उपलब्धी देखिने योजनाहरुलाई बहुवर्षीय योजनामा समावेश गर्दै सरकार अघि बढ्ने उनले स्पष्ट पारे ।

    मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा शुद्ध खानेपानीको पहुँच सबै नागरिकसम्म पुर्याउने प्रतिवद्धता दोहोर्याउँदै ‘एक घर एक धारा’ अभियानकै कारण १५ लाख घरधुरीमा खानेपानीको धारा पुगेको बताए । अधुरा रहेका खानेपानीका योजनाहरु पूरा गर्दै प्रदेशका सबै नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउने योजना रहेको उनले उल्लेख गरे ।

    त्यस्तै, मुख्यमन्त्री आचार्यले सामाजिक संघ–संस्थामा राजनीतिक विचारको लडाई आवश्यक नरहेको स्पष्ट पारे। ‘संघ–संस्थामा कुनै जुंगाको लडाइँ लड्नु छैन। राजनीतिक गन्ध नआउने गरी सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न जरुरी छ’,उनले भने, ‘जनताको निम्ति, सेवाको भावना भएका व्यक्तिलाई नेतृत्वमा पठाउन प्रेरित गर्न जरुरी छ।’

    विकासका लागि एउटै पार्टी बन्न आवश्यक रहेको उनले धारणा राखे । ‘विकासका निम्ति तपाईंहरु एउटै पार्टी बन्नुस्। कुनै पनि संघ–संस्थामा पार्टीको विचार बोकेर, जुंगाको लडाइँ लडेर जानुपर्छ भन्ने छैन’,उनले भने, ‘विकासको ठाउँमा तपाईंहरु एक ठाउँमा उभिन सक्नुपर्छ। जहाँ विकासको नाममा एक ठाउँमा उभिन सक्नु भएको छ।त्यहाँ विकासले फड्को मारेको छ ।’

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    चेतनारायण आचार्य पाल्पा संघीयता
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.