


टीकापुर,१४बैशाख। जिल्ला सरकारी वकिल कार्यालयबाट हतकडीसहित एक महिला थुनुवा फरार भएकी छिन् ।
गत बैशाख ४ गते मानव बेचबिखन तथा ओसारपसारको आरोपमा टीकापुर नगरपालिका-१ शिविरबाट पक्राउ परेकी मीना शाही दमाई हतकडी सहित फरार भएको ईलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी नवीनराजा बुढाथोकीले बताए।

उनका अनुसार म्याद थपका लागि सरकारी वकिल कार्यालयमा लगिएका बेला उक्त महिला फरार भएकी हुन्। फरार महिलाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

