


कैलाली,१५बैशाख। हतकडीसहित फरार भएकी थुनुवा भारतबाट पक्राउ परेकी छिन्। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थपका लागि सरकारी वकिल कार्यालय कैलालीमा लगिएको बेला महिला थुनुवा हतकडीसहित फरार भएकी थिइन् ।
सरकारी वकिल कार्यालय कैलालीबाट हतकडीसहित फरार थुनुवा महिला भारतबाट पक्राउ परेकी छन् ।

शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी टीकापुर नगरपालिका–१ की ५० वर्षीय मीना शाही दमाईलाई भारतको पलियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कैलालीका एसपी पदमबहादुर विष्टले फरार भएको थुनुवालाई पक्राउ गरिएको बताए। थुनुवा फरार भएपछि प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको उनले बताए।

