


नवलपुर,१९बैशाख। दुम्किवासमा बिनयी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाउँदा पूर्व-पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता एवं डीएसपी मधु नेपालका अनुसार विनयी खोलाको पुल भाँचिएपछि खोलामा डाइभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आए पनि शुक्रबार बिहान आएको बाढीले डाइभर्सन बगाएपछि राजमार्गमा यातायात अवरुद्ध भएको हो।

हलुका सवारी साधनलाई होङ्सी सिमेन्ट गेट हुँदै वैकल्पिक मार्गबाट पठाइएको र अन्य यातायातका साधन भने रोकिएको प्रहरीले जनाएको छ ।
डाइभर्सन पुनः बनाउने प्रयास भइरहेको बताइएको छ। विनयी खोलमाथिको पुल भासिएको ३ महिनाभन्दा बढी समय भइसक्दा पनि मर्मत नहुँदा खोलामा डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको हो। वर्षा हुना साथ डाइभर्सन बगाएर यातायात अवरुद्ध हुने गरेको छ ।

