Close Menu
    What's Hot

    रहिश खान : जसले उल्लासमय बनाउँछन् भैरहवाको दीपावली

    २०८३ कार्तिक २१, शुक्रबार १६:४७ गते

    रुपन्देही प्रशासनले भन्यो–कानुन उल्लंघन नगर्नु, देउसी-भैलो १० बजेसम्म मात्र खेल्नू

    २०८३ कार्तिक २१, शुक्रबार १५:५५ गते

    भैरहवाको बेलहियाबाट सात जना प्रहरी नियन्त्रणमा

    २०८३ कार्तिक २१, शुक्रबार १५:३० गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    रहिश खान : जसले उल्लासमय बनाउँछन् भैरहवाको दीपावली

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार १६:४७ गते0
    विशेष

    रुपन्देही प्रशासनले भन्यो–कानुन उल्लंघन नगर्नु, देउसी-भैलो १० बजेसम्म मात्र खेल्नू

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार १५:५५ गते0
    विशेष

    भैरहवाको बेलहियाबाट सात जना प्रहरी नियन्त्रणमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार १५:३० गते0
    अर्थ

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक २०, बिहीबार ११:४१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवामा रुपन्देही जिल्लास्तरीय यु–१६ क्रिकेट टिम छनोट सुरु
    खेलकुद

    भैरहवामा रुपन्देही जिल्लास्तरीय यु–१६ क्रिकेट टिम छनोट सुरु

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ बैशाख २०, शनिबार २२:५७ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,२०बैशाख। अन्डर–१६ प्रदेशस्तरीय क्रिकेट टिम छनोटका लागि रुपन्देही जिल्लास्तरीय खेलाडी छनोट सुरु भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा शनिबारदेखि जिल्लास्तरीय टिम छनोट सुरु भएको रुपन्देही क्रिकेट संघका उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक धीरज अधिकारी क्षेत्रीले जानकारी दिए ।

    एशियन क्रिकेट काउन्सिल (एसीसी) को कार्यक्रम अनुसार आगामी जुन २०२५ मा ‘एसीसी पुरुष यु–१६ इस्ट जोन कप २०२५’ प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगितालाई मध्यनजर गरी नेपाल क्रिकेट संघले यही २०८२ जेठ दोस्रो सातादेखि यु–१६ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना गर्दैछ । त्यसका लागि प्रादेशिक क्रिकेट टिम छनोटका गर्न भैरहवामा जिल्लास्तरीय छनोट सुरु भएको हो ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनका अनुसार सार्वजनिक सूचना आह्वान पछि यु–१६ का १ सय २४ जना खेलाडीहरुले फारम भरेर छनोट खेलमा सहभागिता जनाएका छन् । यी खेलाडीहरुबाट उत्कृष्ट छनोट गरी ४ टिम बनाई मंगलबारदेखि प्रतिस्पर्धा गराइनेछ । प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेटेर रुपन्देही जिल्लास्तरीय टिम बनाइने क्षेत्रीले बता । खेलाडीहरुलाई प्रशिक्षक शंकर राना, दुर्गा सेन र मानबहादुर थापाले प्रशिक्षण दिनेछन् ।

    छनोट खेलमा सहभागी हुन आएका क्रिकेटर आरिफ खान, स्वस्तिक पराजुली र समीर ओलीले टिममा छनोट हुनका लागि खेलाडीहरुबीच तिव्र प्रतिस्पर्धा रहेको जनाए । आफूहरुले राम्रो प्रदर्शन गरी छनोट हुने प्रयासमा रहेको उनीहरुको भनाई छ ।

    प्रशिक्षक रानाले रुपन्देही क्रिकेटको उर्वरभूमि रहेकाले छनोट खेलमा सहभागिता राम्रो भएको बताए । उनले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई टिममा समाबेस गरिने जनाउँदै त्यसका लागि तयारी थालिएको जनाए । धेरै खेलाडीहरु सहभागी भएकाले आफूहरुको प्रयास राम्रो गर्नेहरुलाई टिममा राख्ने भएको उनको भनाई छ ।

    रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाका अनुसार जिल्लाका विभिन्न एकेडेमी र विद्यालयमा प्रशिक्षण लिइरहेका खेलाडीहरु टिममा समावेश हुनका लागि प्रतिस्पर्धामा छन् । उनले संघले संचालन गरेको रुपन्देही क्रिकेट एकेडेमी र सिद्धार्थ क्रिकेट रंगशालामा खेलाडीहरुलाई स्पर्धा गराइने बताए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    एशियन क्रिकेट काउन्सिल क्रिकेट भैरहवा रुपन्देही क्रिकेट संघ सिद्धार्थ क्रिकेट रंगशाला
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    रहिश खान : जसले उल्लासमय बनाउँछन् भैरहवाको दीपावली

    २०८३ कार्तिक २१, शुक्रबार १६:४७ गते

    रुपन्देही प्रशासनले भन्यो–कानुन उल्लंघन नगर्नु, देउसी-भैलो १० बजेसम्म मात्र खेल्नू

    २०८३ कार्तिक २१, शुक्रबार १५:५५ गते

    भैरहवाको बेलहियाबाट सात जना प्रहरी नियन्त्रणमा

    २०८३ कार्तिक २१, शुक्रबार १५:३० गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.