


कञ्चनपुर,२१बैशाख। कञ्चनपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
शुक्लाफाँटा नगरपालिका–१२ स्थित तिल्कीमा घर नजिकै रहेको तरकारी बारीमाबाट घर फर्कने क्रममा चट्याङ लागेर २४ वर्षीया लालमती रानाको मृत्यु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खडकबहादुर खत्रीले बताए।

उनका अनुसार चट्याङ लागेर मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह राना घाइते भएका छन् ।
कमेन्ट गर्नुस्

