
काठमाडौं,२१ बैशाख। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीका लागि आवश्यक सीप हुनुपर्ने बताएका छन्।
काठमाडौंमा ग्रील तथा स्टील व्यवसायी महासंघको ३० औं स्थापना विदसको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा रोजगारका लागि आवश्यक सीप भए रोजगारीका थुप्रै अवसरहरु उपलब्ध हुने बताए।
Advertisement

Advertisement
Advertisement

उनले भने, देशभित्र पनि सीपयुक्त कामदारका धेरै माग छन्। स्थानीयसँग सीप नहुँदा बाहिरबाट आएका श्रमिकहरु नेपालमा काम गरी रहेका छन्। तर, हाम्रा युवाहरु थोरै सेवा सुविधामा विदेशी जाने गरेका छन्।’ देश भित्रका विभिन्न क्षेत्रमा रोजगारीको अवसरहरुको खोजी भईरहेको बताउँदै आवश्यक तालिम र सीप दिएर उनीहरुलाई रोजगारसँग जोडनु पर्ने उनले बताए।
उनले भने, ‘देश भित्रका परम्परागत व्यवसायीलाई संरक्षण गर्नुपर्छ। तर, आधुनिक व्यवसायीलाई पनि अँगाल्दै बजार विस्तार गर्न अन्तराष्ट्रिय बजारमा पहुँच पुर्याउनु पर्छ। यसले मुलुकको आर्थिक समृद्धिमा पनि टेवा पुग्नेछ।’
उनले काम गरेर खानु भनेको सम्मान र इज्जतदार काम हो, बुझाउन नसक्दा युवाहरु देशभित्रै कामनगरी विदेशीएकोमा चिन्ता व्यक्त गरे। उनले भने, ‘कामलाई सम्मान र आवश्यक तालिम दिएर दक्ष जनशक्ति तयार गर्न अब ढिला गर्नु हुँदैन । मिहनेत र काम गर्ने संस्कृतिको विकास गर्नु जरुरी छ।’
उनले देशभित्रका सबै आर्थिक सूचकहरु सुधार हुँदै गएको जिकिर गर्दै अगामी दिनमा देशभित्र आन्तरिक रोजगारीको अवसरहर पनि सृजना हुने दाबी गरे। मन्त्री भण्डारीले ग्रील तथा स्टील व्यवसायी क्षेत्रलाई अझै सम्मानित क्षेत्र बनाउन आग्रह गर्दै यस क्षेत्रमा लागेका प्रत्येक व्यक्तिले टाउको उठाएर काम गर्ने व्यवसायीको रुपमा काम गर्न आग्रह गरे।
उनले देशभित्र आन्तरिक रोजगार सृजना गर्नका लागि नेपाल सरकार, श्रम मन्त्रालय सबै सरोकारवाला पक्षसँग सहकार्य गर्न तत्पर रहेको स्पष्ट पार्दै देशभित्रका रोजगारीको अवसरहरु उजागार गर्न ढिला गर्न नहुने जिकिर गरे।
उनले आन्तरिक र वैदेशिक रोजगारीलाई ७ सय ५३ स्थानीय तहसम्म विस्तार गर्न ल्यार्ईको श्रमसंसार पोर्टल मार्फत रोजगारीका अवसर, सीपमुलक तालिम, कामदारको माग तथा आवश्यक सम्पूर्ण सेवाहरु एकद्वार प्रणाली मार्फत डिजिटलाईजेसन सेवा सुरुवात गरिएको बताउँदै सबैलाई त्यसमा आवद्ध हुन आव्हान गरे ।

