
भैरहवा,२२ बैशाख। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले करारमा पदपूर्तिका लागि आह्वान गरेको परिक्षा स्थगित गरेको छ । पालिकाले सोमबार एक सूचना जारी गर्दै विशेष कारणबस परिक्षा स्थगित भएको जनाएको छ ।
पालिकाले सहायक कम्प्युटर अपरेटर, कार्यालय सहयोगी र प्राविधिक सहायक पदमा करारमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो ।
Advertisement

Advertisement
Advertisement

गत बैशाख १६ गते पालिकाले प्राविधिक सहयाक पदको पदपूर्ति प्रक्रिया स्थागित गरिसकेको छ । बैशाख २३ गते सहायक कम्प्युटर अपरेटर र बैशाख २५ गते कार्यालय सहयोगी पदका लागि लिखित परिक्षाको समय तालिका तोकिएको थियो ।
नगरपालिकाको कार्यालयले जारी गरेको सूचनामा भनिएको छ–‘उक्त पदहरुमा विशेष कारणबस हाललाई लिखित परिक्षाको सबै कार्यक्रमहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको…।’
हेर्नुहोस् सूचना :


