
नवलपुर,२२बैशाख। पूर्व नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना किशोरको मृत्यु भएको छ । गैंडाकोट नगरपालिका ३ स्थित जुक्तिखोलामा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पूर्व नवलपरासीका प्रवक्ता एवं डीएसपी मधु नेपालका अनुसार मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका ८ का १६ वर्षीय प्रमिशन पाठक र सोही महानगरपालिका ४ का १६ वर्षीय शिशिर पन्त रहेका छन्।
Advertisement

Advertisement
Advertisement

घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

