
काठमाडौं,२२ बैशाख । राष्ट्रिय क्रिकेट टिमका खेलाडी आदिल आलममाथी लगाइएको प्रतिबन्ध फुकुवा गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आदिल आलमको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नपाउने गरी लगाइएको प्रतिबन्ध फुकुवा गरेको हो ।
Advertisement

Advertisement
Advertisement

२०७९ माघमा भएको नेपाल टी-२० लिगमा स्पट फिक्सिङको आरोपमा प्रतिबन्धमा परेका आदिलले ०८० चैत १२ गते जिल्ला अदालत काठमाडौंले सफाइ दिएको थियो। उनलाई अदालतले सफाइ दिएपनि प्रतियोगिता भने खेल्न पाएका थिएनन्। क्यानको ‘इन्टिग्रिटी कमिटी’ले आवश्यक प्रक्रिया पूरा गरी प्रतिबन्ध फुकुवाको निर्णय गरेको हो।
क्यानले सोमबार विज्ञप्ति जारी गरी आदिलमाथी लगाइएको प्रतिबन्ध फुकुवा भएको जनाएको छ। अब उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउनेछन्।
उनले २०७९ माघमा भएको नेपाल टी-२० लिगमा जनकपुर रोयल्सबाट खेल्ने क्रममा फारवेष्ट युनाइष्टेडविरुद्ध बलिङ गर्ने क्रममा नो बल फालेको आशंकामा उनी पक्राउ परेका थिए। स्पट फिक्सिङमा उनीसहित महबुब आलमलाई पनि आरोप लागेको थियो।

