

भैरहवा,२२बैशाख। सामाजिक कार्यमा अग्रसर रहेको रुपन्देहीको युथ क्लब अफ पडसरीले ओमसतिया गाउँपालिका-२ स्थित श्री पडसरी आधारभूत विधालयमा अध्यनरत विधार्थीहरुलाई झोला उपलब्ध गराएको छ।
सामाजिक उत्तरदायित्व अन्तरगत उक्त विधालयका विधार्थीहरुलाई क्लबका सदस्यहरुले स्वस्फूर्त रुपमा आफैबीच रकम संकलन गरेर स्कूल झोला उपलब्ध गराएका हुन्।



क्लबका कोषाध्यक्ष कपिल कुमार जिटीका अनुसार कक्षा ४ सम्म संचालित रहेको उक्त विधालयमा अध्यनरत ४३ जना विधार्थीहरुलाई झोला उपलब्ध गराईएको हो।
शैक्षिक सामग्री (स्कूल ब्याग) वितरण कार्यक्रममा बोल्दै क्लबका संस्थापक अध्यक्ष एंव सल्लाहकार गुमानसिंह घर्तीले संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत विधालयका विधार्थीहरुलाई झोला उपलब्ध गराईएको बताए।
उनले स्थापनाकालको समयमा संस्थाको आर्थिक अवस्था कमजोर रहेकोले विगतका दिनमा विधार्थीहरुलाई स्विटर, टोपी वितरण गर्दा सबैलाई उपलब्ध गराउन नसकिएपनि यस पटक सबै विधार्थीलाई झोला उपलब्ध गराईएको बताए।
श्री पडसरी आधारभूत विधालयको प्रधानाध्यापक सिता थापा खत्रीले क्लबले विगत देखि गर्दै आएको सहयोगले विधार्थीहरुलाई ठुलो राहत पुगेको बताईन्। उनले विधार्थीहरुलाई नियमित रुपमा विधालय पठाउन अभिभावकहरुलाई आग्रह गर्दै शैक्षिक स्तर बढाउनका लागि सबै लाग्नुपर्ने बताईन्।
शैक्षिक सामग्री (स्कूल ब्याग) वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ओमसतिया गाउँपालिका-२ का वडाअध्यक्ष सितल जिटीले क्लबले स्थापनाकाल देखि नै वडा क्षेत्रमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उल्लेख गर्दै आगामी दिन समेत सामाजिक कार्यमा लागिरहन आग्रह गरे।
उनले पालिकामा शैक्षिक गुणस्तर थप मजबुद बनाउनका लागि विधार्थी, अभिभावक, शिक्षक, विधालय व्यवस्थापन समिति सबै जिम्मेवार भएर लाग्नुपर्ने बताए। बालबालिका भविष्यका कर्णधार रहेकोले अभिभावकले आफ्नो बालबालिकाको शैक्षिक अवस्थाको विषयमा ध्यान दिन आग्रह गर्दै विधालयमा समेत आएर जानकारी लिईराख्नु पर्ने बताए।
क्लबका अध्यक्ष सुरज मिश्रले उपलब्ध गराईएको शैक्षिक सामग्री (झोला) संस्थाको कोषबाट नभई संस्थामा आवद्ध सदस्यहरुले स्वस्फूर्त व्यक्तिगत रुपमा संकलित रकमबाट उपलब्ध गराईएको बताए।
उनले संस्थाले सबैको सहयोगमा सामाजिक कार्य गर्दै आएकोमा आफु गौरवान्वित भएको बताए। उनले उपलब्ध गराईएको झोला शैक्षिक कार्यको प्रयोगमा मात्र ल्याउनका लागि अभिभावक र विधार्थीहरुलाई आग्रह गरे।
क्लबको सचिव सुष्मा भुजेलको संचालन, अध्यक्ष सुरज मिश्रको अध्यक्षता, वडाअध्यक्ष सितल जिटीको प्रमुख अतिथिय्ता, क्लबका संस्थापक अध्यक्ष एंव सल्लाहकार गुमानसिंह घर्तीको स्वागतमा सम्पन्न भएको कार्यक्रममा श्री पडसरी आधारभूत विधालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र थारु, विधालयको प्रधानाध्यापक सिता थापा खत्री, वरिष्ठ उपाध्यक्ष प्रदिप थापा मरासिनी, उपाध्यक्ष डि.बी. घर्ती, कोषाध्यक्ष कपिल कुमार जिटी, सदस्य गोविन्द क्षेत्री, अमृता केसी, वर्षा भट्टराई, जितेन्द्र यादव, सन्दिप कार्की, शर्मिला थापा, प्रकाश शर्मा, विष्णुप्रसाद नेपाल लगायतको उपस्थिती रहेको थियो।