


नवलपुर,२३बैशाख। वर्षा कारण बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा यातायात अवरुद्ध भएको छ।बिहान भएको वर्षाले सडक चिप्लो भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज बञ्जाराका अनुसार विनयी त्रिवेणी गाउँपालिका–२ का विश्वकर्मा मन्दिर र पैंसट्ठी मोडमा सडक हिलो भएका कारण सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ।

पानी पर्न रोकिएपछि डोजरले हिलो सफा गरेर सवारीसाधन गन्तव्यतर्फ पठाइने उनले जानकारी दिए।
राति ६ घण्टा सडक बन्द गरेर निर्माण कार्य भइरहेको यस खण्डमा सामान्य पानी पर्दा समेत सडक पूर्ण रुपमा अवरुद्ध हुने गरेको छ। आगामी असारसम्म यस खण्डको धेरै काम सम्पन्न गर्ने गरी काम भइरहेको नारायणघाट–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ ।

