


धनकुटा,२३ बैशाख। नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) प्रेम कटवालको घरको छतबाट लडेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत कटवाल इटहरी उपमहानगरपालिका–२० मा निर्माणाधीन घरको छतबाट चिप्लेर लडेका थिए। लडेर गम्भीर घाइते उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

४५ वर्षीय कटवालको सोमबार वुढीगंगा इटहरीमा अन्त्येष्टि गरिएको छ। मृतक कटवालका दुई छोरी छन्।
कमेन्ट गर्नुस्

