
भैरहवा,२३ बैशाख। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पालिका क्षेत्रलाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी पालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा गरिएको हो ।
घोषणासँगै तिलोत्तमा नगरपालिकामा कोही पनि बेसहारा बेवारिसे, अशक्त र अनाथ भएर बस्नु नपर्ने भएको छ । नगरपालिकाले मुलुकमै विभिन्न उदाहरणीय कार्य गर्दै अब्बल देखिदै आएको छ ।
Advertisement

Advertisement
Advertisement

तिलोत्तमा नगरपालिका क्षेत्रको सडकमा कोही मानव आश्रित हुन नपरोस् भन्ने उद्देश्यले पालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा गरिएको पालिकाका सूचना अधिकारी गंगाराम आचार्यले जानकारी दिए।
जसका लागि पालिका र मानवसेवा आश्रमबीच मंगलबार घोषणापत्र आदानप्रदान गरिएको छ ।
‘घोषणासँगै पालिकाको सडक क्षेत्रमा कोही पनि मानव आश्रित छैनन् र अब हामी हुन दिदैँनौं’ सूचना अधिकारी आचार्यले भने, ‘कोही कतैबाट आएर सडकमा आश्रित भएको अवस्थामा हामी उनीहरुको व्यवस्थापन पनि गर्छौं।’
लुम्बिनी प्रदेश सरकारले पनि प्रदेशलाई आगामी आर्थिक वर्षमा सडक आश्रित मानव मुक्त घोषणा गर्ने तयारी गरेको छ।

