


काठमाडौं,२४बैशाख। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीको विकल्प रोजागरी नै हुने भएको हुनाले त्यसका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने बताएका छन।
बुधवार काठमाडौंमा नेपाल ट्रेड युनियन काँग्रेस र जापान इन्टरनेशनल लेबर फाउन्डेसनको संयुक्त आयोजनाका आयोजित औधोगिक सम्बन्ध र श्रम नीति सम्बन्धी सेमिनारमा बोल्दै उनले रोजगारीलाई सीपसँग जोडन सके देश भित्र पनि थुप्रै रोजगारहरु सृजना गर्न सकिने दाबी गरे।

बजारको माग अनुसार सीपयुक्त जनशक्ति नभएमा रोजगारीसँग जोड नसकिने बताए। उनले भने, ‘बजारको माग अनुसार सीपयुक्त श्रमशक्ति छैन भने त्यसलाई रोजगारसँग कसरी जोड्ने ? रोजगारको लागि मुख्य विषयलाई सीपयुक्त श्रमशक्ति हो।’
मन्त्री भण्डारीले श्रम क्षेत्रमा देखिएको समस्याहरु एक अर्कामाथि आरोप लगाएर पन्छिन नमिल्ने बताए। सरकार, टे«ड युनियन र निजी क्षेत्र मिलेर सामाजिक सुरक्षा होस वा न्यूनतम ज्याला लगायतका बिषयमा सहमतीमा साथ अगाडि बढनु पर्ने उनले बताए।
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा श्रमिकहरुको हकहितलाई ध्यानमा राखी सामाजिक सुरक्षामा अनिवार्य लागु हुने कार्यक्रम अगाडि सारिएको भन्दै त्यसका लागि आवश्यक ऐन, कानुनहरु संशोधन हुने बताए।

