
काठमाडौं,२५बैशाख । प्रहरीले हुण्डी कारोबारको आरोपमा ४० लाख बढी रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत कोलकाता–६ डिनाथ रोड यादवपुरका ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिकाका ६३ वर्षीय धर्मप्रसाद ढकाल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

गएराति विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–२४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलामा खानतलासी गर्दा ४० लाख ३२ हजार ५०० रकमसहित उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रवक्ता अपिलराज बोहराले जनाए।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

