
काठमाडौ,२५ बैशाख। राजसंस्था ल्याउनका लागि राजावादीहरुले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन्।
बिहीवार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका हुन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनले नै आन्दोलनको नेतृत्व लिने भएका छन्। उनले आन्दोलन भने शान्तिपूर्ण हुने भन्दै भद्र अवज्ञा र सत्याग्रह पनि बताए।
निरकुंशता र सर्वसत्तावादको अन्त्य गरी जनतामा निहित सार्वभौमसत्ता र जनताको निर्णायकत्वलाई थप सुदृढ तुल्याई जनतालाई व्यवहारिक रुपमा देशको मालिक भएको अनुभूति दिलाउनु आन्दोलनको मुख्य उद्देश्य रहेको पनि उनले बताए।

