
भैरहवा, २६बैशाख। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ स्थित स्वर्गद्धारी घाटमा रहेको विद्युतीय शवदाहगृहको जिर्णोउद्धारको काम तिव्र पारिएको छ।
शवदाहगृहमा जडित मेसिनरी उपकरणमा समस्या उत्पन्न भएपछि विद्युतीय माध्यमबाट शवको अन्त्येष्टि गर्न समस्या भएको थियो। उक्त समस्या निराकरण गर्न पालिकाले गत शुक्रवार मर्मत सम्भारका लागि युरोटेक नेपाल प्रालि नामक कम्पन्नीसगं सम्झौता गरेको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

सम्झौता पश्चात मर्मत सम्भारको कार्य सुरु भएकोले छिट्टै शवदाहगृह सचांलनमा आउने सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए। उनले गुणस्तरीय रुपमा काम सम्पन्न गर्न निर्देशन दिएका छन।

