


भैरहवा,२७बैशाख। रुपन्देही प्रहरीले तीन वटा टिप्पर नियन्त्रणमा लिएर कारवाही गराएको छ।
गत बैशाख १८ गते इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको टोलीले सैनामैना नगरपालिका ८ बाट अवैध रुपमा (विना कागजात) नदीजन्य पदार्थ ओसारपसार गरिरहेकोे अवस्थामा लु२ख ३९४२, रा१ख १३३१ र रा१ख १२५१ नम्बरको तीन वटा टिप्पर नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी सुरज कार्कीका अनुसार नियन्त्रणका लिइएको उक्त टिप्पर आवश्यक कारवाहीका लागि सैनामैना नगरपालिकाको कार्यालयमा पठाइएको कार्यालयले बिहीवार ७५ हजार जरिवाना कारवाही गरेको छ ।

