


भैरहवा,२७भैरहवा। नेपाल अर्थोपेडिक एसोसिएसन लुम्बिनी च्याप्टरको अध्यक्षमा वरिष्ठ अर्थोपेडिक डा.गोपाल प्रसाद ज्ञवाली सर्वसम्मत निर्वाचित भएका छन्।
शनिवार बुटवलमा भएको एसोसिएसन दोस्रो अधिवेसनबाट वरिष्ठ उपाध्यक्षमा डा.कपिलमणि केसी, महासचिवमा वरिष्ठ कन्सलटेण्ट अर्थोपेडिक सर्जन डा.आलोक पाण्डे, सहसचिवमा डा.जयराज शर्मा, कोषाध्यक्षमा डा.युधिष्ठिर खड्का र सहकोषाध्यक्षमा डा. मनदिर खत्री सर्वसम्मत निर्वाचित भएको नेपाल अर्थोपेडिक एसोसिएसन लुम्बिनी च्याप्टरले जनाएको छ।

त्यस्तै सदस्यहरुमा डा.योगेन्द्र अग्रहरी, डा.महेशराज घिमिरे, डा.राहुल श्रेष्ठ, डा.राजु जिसी, डा.उत्सव रेग्मी, डा.धना कार्की, डा.विकास न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन्।
यस्तै साईन्टिफिक कमिटीको संयोजक किशोरमान श्रेष्ठ र सदस्यहरुमा दिपेन्द्रसिह क्षेत्री, डा.आलोक थैव, मदन ज्ञवाली मनोनित भएका छन्।
त्यस्तै रिसर्च कमिटीको संयोजक डा.मनिष श्रेष्ठ र सदस्यहरुमा रमेश अर्याल, सन्जिव आचार्य रहेका छन् भने संघको प्रमुख सल्लाहकार डा.कृष्ण प्रसाद खरेल, डा.किशोर खत्री, डा.शेखर पोखरेल, डा.सागर क्षेत्री मनोनित भएको एसोसिएसनले जनाएको छ।

