
भैरहवा,३० बैशाख। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाजलाई आध्यात्मिक ज्ञान र साधनाको माध्यमबाट सुन्दर बनाउन सकिने बताएका छन्।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-४ स्थित ‘द आर्ट अफ लिभिङ’आश्रमको मंगलबार उद्घाटन गर्दै उनले लुम्बिनी प्रदेशलाई आध्यात्मिक ज्ञान र साधनाको केन्द्र बनाउन सहकार्यलाई निरन्तरता दिइने बताए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

ज्ञान र साधनाको माध्यमबाट समाजलाई परिवर्तन गर्ने, समाजलाई सत्मार्गमा लैजाने अभियान हो उनले भने-‘जुन लक्ष्य र उद्देश्य राखेर यो अभियान थाल्नुभएको छ, त्यसको पूर्ण सफलताको कामना गर्दछु।’
उनले समाजमा आध्यात्मिक चेतना, मानसिक स्वास्थ्य र सामाजिक सद्भाव विस्तारका लागि यस्ता अभियानहरु उपलब्धिपूर्ण हुने धारणा राखे।
‘समाजलाई परिवर्तन गर्न, सत्मार्गमा डोर्याउन यस्ता अभियानहरुले महत्त्वपूर्ण भूमिका खेल्नेछन्। हाम्रो जीवन के हो? कसरी खुशी हुने? सुखी कसरी बन्ने? स्वस्थ कसरी बन्ने? भन्ने सवालमा यसले ध्यान र ज्ञानका कार्यहरुलाई अगाडि बढाउनेछ’, उनले भने,‘यी अभियानहरुमा हाम्रो साथ रहनेछ।’
आश्रमका संयोजक दिपेन्द्र प्रधानका अनुसार साढे चार करोड रुपैयाँको लागतमा आश्रम निर्माण थालिएको हो। दान संकलन गरेर आश्रमको संरचना निर्माण भइरहेको छ। ७ कठ्ठा जग्गामा फैलिएको यस आश्रमसँगै देशभर यस्ता तीनवटा आश्रम रहेका छन् भने २६ वटा स्थानमा योग केन्द्र रहेका छन।
द आर्ट अफ लिभिङ नेपालका अध्यक्ष सिद्धेश्वर कुमार सिंहका अनुसार देशका अन्य प्रदेशहरुमा पनि विस्तार गर्ने योजना रहेको छ। भैरहवा आश्रमलाइ युवाहरु लक्षित विभिन्न सीप विकास तालिम केन्द्रको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ।

