Close Menu
    What's Hot

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १५:०८ गते0
    विशेष

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:२५ गते0
    खेलकुद

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:०६ गते0
    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश
    अर्थ

    राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ जेष्ठ १, बिहीबार १४:०४ गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं, १ जेठ। राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा समितिका संयोजक रहेका राजस्व सचिव दिनेशकुमार घिमिरेले अर्थमन्त्री पौडेललाई उक्त प्रतिवेदन बुझाएका हुन् ।

    समितिले सबै प्रकारका आर्थिक क्रियाकलापलाई कर प्रणालीमा समेट्नुपर्ने र कर आधार विस्तार गर्नुपर्ने सुझाव दिएको छ। त्यस्तै डिजिटल कारोबारलाई ध्यानमा राख्दै विद्युतीय सेवा करको दायरा बढाउन, अन्तर्राष्ट्रिय सेवा प्रदायकहरुबाट प्राप्त तथ्यांकको व्यवस्थापन गर्न, घर-जग्गा कारोबारजस्ता क्रियाकलापहरुलाई व्यवसायिक रुपमा वर्गीकृत गरी करयोग्य बनाउन सुझाव दिएको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    पूँजीगत लाभकरको अभिलेखलाई प्रविधिमैत्री र पारदर्शी बनाउन, करदातासम्बन्धी तथ्यांक तथा आर्थिक विवरणहरुको अन्तर–आबद्धता कायम गर्ने प्रणाली विकास गर्नुपर्ने समितिको राय छ। त्यस्तै भन्सार प्रणालीमा व्यापक सुधार आवश्यक रहेको उल्लेख गर्दै कर संकलनको सुदृढीकरणसँगै व्यापार सहजीकरणलाई सुनिश्चित गर्न सिफारिस गरिएको छ।

    भन्सार दरहरुको पुनरावलोकन गरी आन्तरिक उत्पादनलाई संरक्षण गर्ने नीतिगत समायोजन गर्नुपर्ने, मूल्यांकन प्रणालीमा विश्वव्यापी मान्यता प्राप्त मापदण्ड अपनाउनुपर्ने, भन्सार प्रक्रियालाई अझ सरल, पारदर्शी र सूचना प्रविधिमैत्री बनाउँदै डिजिटल प्रणालीहरू प्रयोगमा ल्याउनुपर्ने सुझाव दिइएको छ ।

    समितिले सरकारको आयको विविधिकरण गर्न गैरकर स्रोतहरुको पहिचान, दर पुनरावलोकन तथा संस्थागत संरचना सुदृढ गर्नुपर्ने सुझाव दिएको छ। समितिले यी स्रोतहरुलाई अधिक प्रभावकारी रुपमा परिचालन गर्न दरहरु यथार्थपरक बनाउनुपर्ने, संग्रह प्रणाली पारदर्शी र डिजिटल बनाउनुपर्ने र राजस्व संकलनको उत्तरदायित्व स्पष्ट गरिनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदनमा संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय सरकारबीच राजस्व अधिकार बाँडफाँड गर्दा देखिएको दोहोरोपन हटाउन स्पष्ट नीति र कानुनी आधार तयार गर्नुपर्ने उल्लेख छ। गैरकर स्रोतको प्रक्षेपण, लक्ष्य निर्धारण, कार्यान्वयन, अनुगमन र मूल्यांकन गर्ने संयन्त्र स्थापित गर्नुपर्ने र बजेटमा यथोचित प्रतिबिम्ब हुने गरी कार्यविधिहरु बनाउन पनि सुझाव दिइएको छ। अर्थमन्त्री पौडेलले समितिले दिएका सुझावहरु आगामी बजेट निर्माणका लागि महत्वपूर्ण हुने बताए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अर्थ मन्त्रालय राजस्व परामर्श समिति विष्णुप्रसाद पौडेल
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.