
भैरहवा, १ जेठ । ठगहरुका ठगीका पनि अनेक-अनेक कथा । फरक-फरक ठगहरुको आफ्नो कला र कथा । भारतको ताजमहल,लालकिल्ला देखि राष्ट्रपति भवनसम्म नै बेचिदिएका भारतका महाठगको रुपमा परिचित नटवरलाल पनि एक थिए ।
यस्तै रुपन्देहीमा पनि एउटा ठगीको रुप देखिएको छ। बाख्रीको मासुलाई खसी/बोकाको भन्दै मासुपसल संचालकहरुलाई विक्री गर्दै आएपछि प्रहरीले बुटवल उमहानगरपालिका-१ जितगढीका ३४ वर्षीय मेराज शाहलाई पक्राउ गरेको छ ।
Advertisement

Advertisement
Advertisement

प्रहरीका अनुसार पक्राउ परेका शाहले विभिन्न स्थानबाट बाख्री खरिद गरी आफ्नै घरमा काटेर खसी/बोकाको भन्दै झुक्काएर मासु पसलहरुमा बेच्दै आएका थिए । प्रहरीले उनको घरकोठा खानतलासी गर्दा बाख्रीको मासु र अंगहरु फेला परेको जनाएको छ।
उनी उपर कालोबजार तथा अन्य सामाजिक अपराध तथा सजाए ऐन २०३२ बमोजिम कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

