


भैरहवा,१जेठ। अवैध रुपमा माटो उत्खनन् र ओसारपसारमा प्रयोग गरिएको सवारी साधन रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहीवार इलाका प्रहरी कार्यालय मझगाँवाको टोलीले कोटहीमाई गाउँपालिका-१ स्थित विना अनुमति माटो उत्खनन् र ओसारपसारमा प्रयोग गरिएका दुई वटा भ्याकु लोडर र दुई वटा ट्याक्टर नियन्त्रणमा लिएर कारवाहीको लागि सम्बन्धित पालिकामा पठाएको थियो।

गाउँपालिकाको कार्यालयले दुई लाख पच्चिस हजार रुपैयाँ जरिवाना कारवाही गरेर उक्त सवारी साधन छाडेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीमा एसपी प्रदीप बहादुर क्षेत्री आएपछि अवैध कार्य नियन्त्रणमा रुपन्देही प्रहरी सक्रिय देखिएको छ।

