


लमजुङ,४ जेठ। नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल लमजुङको पाँचौं अधिवेशनमा खुकुरी हानाहान गरिएको छ।
अधिवेशनमा प्रतिनिधि छनोटको क्रममा विवाद भएपछि खुकुरी हानाहान भएको हो। प्रहरीका अनुसार घटनामा ५ जना घाइते भएका छन्।

गम्भीर घाइते दुई जनाको चितवनस्थित अस्पतालमा अन्य घाइतेहरु बेसीसहरस्थित जिल्ला अस्पतालमै उपचार भइरहेको छ। घटनासम्बन्धी किटानी जाहेरी लिने काम भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

