


वीरगञ्ज,६जेठ। सशस्त्र प्रहरी बल नेपालले वीरगञ्जमा ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ।
भारतबाट अवैध रुपमा भित्राइएको ८१ हजार ४९० थान ‘ट्रामाडोल हाइडोक्लोराइड’ नामक लागुऔषध वीरगञ्ज महानगरपालिका–२ को भगुवास्थित सीमा क्षेत्रबाट बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी एवं डीएसपी देवेन्द्रबहादुर सिंहले बताए।

उनका अनुसार लागुऔषध लिएर आउँदै गरेका दुई जनाले सशस्त्र प्रहरी देखेर लागुऔषध छाडी भारततर्फ फरार भएका छन्। बरामद लागुऔषध आवश्यक कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

