


भैरहवा,७जेठ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका कार्यालयले नगरका कृषकहरुलाई धानको बीउ उपलब्ध गराएको छ । पालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई धानको बीउ उपलब्ध गराइएको जनाएको छ।
सविधान सभा सदस्य एवं नगर प्रमुख इश्तियाक अहमद खाँले एक कार्यक्रमकाबीच कृषकहरुलाई साभा मन्सुली, साभा मन्सुली सव १, हर्दिनाथ ६, रामधानको उन्नत बीउ उपलब्ध गराएका हुन्।

उन्नत बीउको प्रयोग गरी उत्पादन बढाउने उद्देश्यले अनुदानमा कृषकहरुलाई धानको बीउ उपलब्ध गराइएको उनले बताए।
कृषकहरुको मागको आधारमा पालिकाले सिजन अनुसार धान, गहु, तरकारी लगायतका बीउ र कृषी उपकरणहरु कृषकहरुलाई उपलब्ध गराउँदै आएको छ ।

