


डडेल्धुरा,७जेठ। डडेल्धुरामा एक घरमाथी रुख ढल्दा च्यापिएर एक जनाको मृत्यु भएको छ।
बुधवार बिहान जिल्लाको आलिताल गाउँपालिका-६ स्थित हावाहुरीका कारण घरमाथी रुख ढल्दा २७ वर्षीया रविना कामी मृत्यु भएको प्रहरीले जनाएको छ। साथै, घटनामा मृतककी सासु राधा कामी घाइते भएकी छिन्।

घाइतेको अस्पतालमा उपचार भइरहेको छ। मृतकको एक छोरा र एक छोरी छन्।
कमेन्ट गर्नुस्

