Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    अर्थ

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३८ गते0
    विशेष

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १८:३१ गते0
    फोकस लुम्बिनी

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १७:५२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » ओमसतिया अध्यक्ष कप : वडा नं. ६ ले उचाल्यो उपाधि
    खेलकुद

    ओमसतिया अध्यक्ष कप : वडा नं. ६ ले उचाल्यो उपाधि

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ जेष्ठ ७, बुधबार २३:५८ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,७ जेठ। ओमसतिया गाउँपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिताको तेश्रो संस्करणको उपाधि वडा नम्बर ६ ले उचालेको छ। 

    आज (बुधवार) पडसरीको कर्मडाँडा स्थित मैदानमा भएको फाइनल खेलमा वडा नम्बर २ लाई ४ विकेटले पराजित गर्दै वडा नम्बर ६ ले अध्यक्ष कप क्रिकेटको उपाधि उचालेको हो। वडा नम्बर ६ ले जित सँगै नगद ६० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । 

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    अध्यक्ष कपको दोश्रो संस्करणको विजेता समेत रहेको वडा नम्बर ६ ले उपाधि रक्षा गर्न सफल भएको छ। उप विजेता वडा नम्बर २ ले ३० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो। गत वर्षको फाइनलमा पनि वडा नम्बर ६ ले वडा नम्बर २ लाई पराजित गरेको थियो ।

    जितका लागी पाएको ११६ रनको लक्ष्य वडा नम्बर ६  १२ दशमलव २ ओभरमा ६ विकेटको नोक्सानीमा पुरा गर्यो। वडा नम्बर ६ को जितमा रवि यादव र अनिल यादवले समान २६-२६ रन बनाए भने सुरज गुप्ताले १८, सुनिल हरीजन र किशोर यादवले समान १३-१३ तथा कृष्ण पासीले १२ रन बनाए । 

    बलिंगमा वडा नम्बर २ का अभिषेक ,सन्तोष ओलिले २-२ तथा बसन्त र अजय यादवले १-१ विकेट लिएका थिए ।

    टस हारेर ब्याटिङको निम्तो पाएको वडा नम्बर २ले निर्धारित १५ ओभरको खेलमा १३ दशमलब १ ओभरमा सवै विकेट गुमाउँदै ११५ रन योगफल बनाएको थियो । 

    वडा नम्बर २ का लागी बबि छन्त्यालले आकर्षक ईनिंग खेल्दै ५ चौका र ३ छक्काको मद्दतले २६ बलमा ४८ रन बनाएका थिए। तर, जितका लागी पर्याप्त भएन ।

    त्यसै गरी सुमितले २०,आदर्शले १४ तथा सन्तोष ओलीले ११ बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन। बलिंगमा वडा नम्बर ६ का नितेश बरुणले ६ विकेट लिए ।

    प्रतियोगितामा वडा नम्बर ३ का रुपेश यादव म्यान अफ द सिरिज घोषित हुदै ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे भने उत्कृष्ट ब्याटसम्यानको उपाधि वडा नम्बर ३ कै रूपेश यादवले पाए । उनले २ हजार ५ सय रुपैया र ट्रफी पाए भने उत्कृष्ट बलरको उपाधि वडा नम्बर ६ का नितेश बरुण घोषित हुदै २ हजार ५ सय रुपैयाँ र ट्रफी प्राप्त गरे ।

    त्यसै गरी अनुशासित टिमबाट ओमसतिया गाउँपालिका ए टिम १० हजार रुपैयाँ बाट पुरस्कृत भयो ।

    बिजयी तथा उप बिजयी टिम र उत्कृष्ट खेलाडीहरूलाई ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव(सोनु),उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, लेखा शाखा प्रमुख कमल शर्मा, ओमसतिया गाउँपालिका वडा २ का अध्यक्ष सितल जिटी, वडा ६ का अध्यक्ष शिव कुमार धवल लगायतले नगद पुरस्कार, ट्रफी, पदक, प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगिता ओमसतिया गाउँपालिकाको आयोजनामा सञ्चालन भएको हो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अध्यक्ष कप ओमसतिया गाउँपालिका क्रिकेट
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.