


काठमाडौं,८ जेठ। आफुलाई इन्सपेक्टर भन्दै ठगी गर्दै गरेका युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरीका २३ वर्षीय सुजन गिरी रहेको प्रहरीले जनाएको छ।

ठगीको आरोपमा गिरीलाई मध्यपुरथिमिको खिव्यश्वरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए। पक्राउ परेका गिरीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।
कमेन्ट गर्नुस्

