
भैरहवा,९जेठ । रुपन्देहीमा एक जना नागरिकले आफुले न्याय नपाएको भन्दै दुःखेसो पोखेका छन् । तिलोत्तमा नगरपालिकाका पशुपति घिमिरेले आफ्नो स्वामित्वमा भएको घरमा आफु बस्न नपाएको भन्दै दुःखेसो पोखेका हुन् ।
शुक्रवार उनले भैरहवामा पत्रकार सम्मेलन गरेर साविक आनन्दवन गाविस–५ स्थित ०७४ साल मालपोत कार्यालयबाट राजीनामा पास गरी खरिद गरेको घरमा आफु बस्न नपाएको र शान्ति सुरक्षाको अनुभुति नभएको भन्दै न्यायका लागि गृहमन्त्री रमेश लेखकसँग गुहार गरेका छन् । कानुन अनुसार आफुले खरिद गरेको घरमा आफु बस्न पाउनका लागि राज्य भएको अनुभुत गराउन उनले गृहमन्त्रीसँग गुहार गरे ।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार आफ्नो घर विमला कुमारी श्रेष्ठको नियन्त्रणमा छ । आवश्यक कागजपत्रहरु देखाउँदै उनले भने–‘घर खरिद गरेपछि श्रेष्ठ परिवारले केही समयका लागि घरमा बस्न दिनुस भनेपछि मानवीय नाताले सहतमी गरेर मैले श्रेष्ठलाई बहालमा बस्न दिए । उहाँहरुले मलाई ६ लाख रुपैयाँ पनि दिनु भएको छ । तर, अहिले न पैसा दिनुहुन्छ न त घर नै छाड्न खोज्नु भएको छ ।’
घर कब्जा गरेको श्रेष्ठले आफुलाई अदालती प्रक्रिया लगेर दुःख दिएपनि अदालतले आफ्नै पक्षमा गरेका फैसलाहरु उनले पत्रकार सम्मेलनमा देखाए । श्रेष्ठले घर नछाड्नका लागि आफुलाई मिटरब्याजीको आरोप लगाउँदै दुर्गा प्रसाईँ लगायतको समूहबाट आफुलाई डर, त्रास देखाएको उनको दावी छ ।
‘बैंकबाट लिलाम सकारेको घर होइन । पैसा दिएर मालपोतबाट पास गराएको हुँ । सरकारलाई घरको तिरो (राजस्व) समेत मैले तिरको छु’,उनले प्रश्न गर्दै भने,‘अनि म आफ्नो घरमा बस्न नपाउने ? न्याय हराएको हो र ? दायर भएको मुद्दामा जिल्ला, उच्च अदालतबाट मेरै पक्षमा फैसलाहरु भएको छ । सर्वोच्चले दोहर्याइ पाउन आवश्यक छैन भनिसकेको छ । अब न्याय पाउन कहाँ जाने हो त ?’
उक्त घर घिमिरेको श्रीमती राधादेवी पौडेल (घिमिरे) को नाममा जग्गाधनी दर्ता प्रमाण पूर्जा छ। श्रेष्ठले आफुहरुको विगत देखि कारोबार हुँदै आएको र घर फिर्ताका लागि सहमती कागज गरेकोले घर फिर्ताका लागि आफुले दिनुपर्ने रकम भन्दा घिमिरेले बढी हिसाब देखाएको दावी गर्दै आफुले तत्काल रकम तिर्न नसकेको बताइन् ।

