
काठमाडौं,९जेठ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकमा चमत्कारीक ढंगबाट गरिबी घटेको बताएका छन् ।
शुक्रवार पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रजातन्त्र आएसँगै नेपालमा विकासको नयाँलहर आएको भन्दै प्रजातन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेको विकासको आकंक्षा रहेको र त्यसको भोक जगाउन सफल भएको बताए।
Advertisement

Advertisement
Advertisement

उनले भने, ‘त्यो २०-२५ वर्ष पछाडि अहिले २०८२ सालमा आइपुग्दै गर्दा हिजो हातमुख जोड्न पनि गाह्रो भएको परिवारले आज कहाँ पुगेको छ भने एक तह माथि उठेको छ। नेपाल संसारका ति थोरै देशहरुमध्ये पर्दछ। जसले गएको २०-२५ वर्षमा चमत्कारीक ढंगबाट आफ्नो देशको गरिबी घटाएको छ।’ उनले नेपालको अर्थतन्त्र ठिक ढंगबाट अघि बढ्न नसकेको बताए ।

