
भैरहवा, जेठ १० । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा कपिलवस्तुले पाल्पामाथि सहज जित निकालेको छ। कपिलवस्तुले १ सय ९१ रनले पराजित गर्दै पाल्पामाथी सहज जित निकालेको हो।
टस जितेर ब्याटिङ रोजेको कपिलवस्तुले निर्धारित ३५ ओभरमा ३४ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २ सय ३६ रनको बलियो योगफल बनायो। उसका लागि रौनक श्रीवास्तवले ८८ बलमा १६ चौका र १ छक्काको मद्दतले १ सय १० रनको शतकीय इनिङ खेले। यस्तै, मुन्ताज अलीले ४२ र सुरज यादवले २० रनको योगदान गरे। बलिङमा पाल्पाका विष्णु न्यौपानेले ४, उपसन पाण्डेले ३ तथा हिमाल कंडेलले २ विकेट लिए।
Advertisement

Advertisement
Advertisement

प्रतिउत्तरमा पाल्पा १० ओभरमा सबै विकेट गुमाएर ४५ रनमै समेटियो। कुनै पनि खेलाडीले रनमा दोहोरो अंक जोड्न सकेनन्। उपसन विक्रम जिसीले सर्वाधिक ८ रन बनाउँदा ५ खेलाडी शुन्य रनमै पेभेलियन फर्किन पर्यो। बलिङमा कपिलवस्तुका मलिक गद्दीले ४ ओभरमा १४ रन खर्चेर ५ विकेट हात पारे। यस्तै, सुरज यादवले ३ तथा कमरान अहमद र रौनक श्रीवास्तवले समान १–१ विकेट लिए। खेलमा कपिलवस्तुका रौनम श्रीवास्तव प्लेयर अफ द म्याच घोषित भएको प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले बताए ।
लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा राष्ट्रिय यु–१६ क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टिम सहभागी छन् । प्रतियोगितामा रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टिम सहभागी छन् ।

