
बाजुरा,१३जेठ। बाजुराको जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
बाजुरा सदरमुकामबाट टेलिकमको टावर मर्मतका लागि जगन्नाथ गाउँपालिकातर्फ जाने क्रममा नेपाल टेलिकम बजुरा कार्यालयको बा ५ च २२०९ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनाग्रस्त जिप सडकबाट ८० मिटर खसेको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

सुदूरपश्चिम प्रहरी ट्राफिक प्रहरी कार्यालय अत्तरियाका डीएसपी टेक जोराका अनुसार दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम मेहता र जिपमा सवार रवीन्द्र धामीको मृत्यु भएको छ।
जिपमा सवार अन्य दुई जना नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा घाइते भएको उनले बताए। छन् ।

